संस्कृत
[वि.]
१. पाणिनि, यास्क आदिले निर्माण गरेका व्याकरणअनुसार शुद्ध पारिएका शब्द।
२. पूर्वीय आचार्यहरूद्वारा वेद, उपनिषद्; साहित्य आदि अनेक विषयहरूको सृजन गरिएको, आर्यहरूको प्राचीन भाषा; देववाणी।
३. पकाई, तुल्याई तयार गरिएको (खानेकुरो)।
४. शुद्ध गरिएको; सुद्ध्याइएको; संशोधित।
५. संस्कार गरिएको वा शुद्ध पारिएको; परिमार्जन गरिएको; परिष्कृत।