गृह · शब्दकोश

दिव्य

[वि.]

१. प्राचीन कालमा मान्छेका गुण, दुर्गुण वा दोष, निर्दोष चरित्रको निर्क्यौल गर्नुपर्दा आगो, विष वा जल आदिबाट गरिने एक परीक्षा।

२. वाचा; किरिया; शपथ।

३. साहित्यमा तीन प्रकारका नायकमध्ये एक; अलौकिक नायक (इन्द्र, राम, कृष्ण आदि)।

४. अति सुन्दर; मनोहर।

५. असल गुणयुक्त; उत्तम।

६. आकाशसित सम्बन्ध राख्ने; आकाशीय।

७. चहकिलो; प्रकाशमान।

८. दैवी; ईश्वरीय।

९. स्वर्गसँग सम्बन्धित; स्वर्गीय; अलौकिक; अतिप्राकृतिक।

⟵ फेरि सूचीमा जानुहोस्