गृह · शब्दकोश

गौतम

[ना.]

१. इन्द्रका साथ अनुचित सम्बन्ध भएका कारणले आफ्नी पत्नी अहल्यालाई श्राप दिएर पछि रामचन्द्रले उद्धार नगरेसम्म पत्थर बनाउने एक ऋषि; न्यायशास्त्रका प्रसिद्ध आचार्य र प्रणेता एक ऋषि।

२. गौतम ऋषिको वंशमा जन्मेको व्यक्ति।

३. नेपालका पहाडी मूलका ब्राह्मण वा छेत्रीको एक थर।

४. बौद्ध धर्मका प्रवर्तक बुद्धको एक नाम।

५. सप्तर्षिमध्येका एक ऋषि वा तारा।

⟵ फेरि सूचीमा जानुहोस्