गृह · शब्दकोश

आचार्य

[ना.]

१. आचारको ज्ञाता; वेद आदि पढाउने गुरु; अध्यापक।

२. कर्मकाण्डको ज्ञाता; मुख्य पुरोहित।

३. ब्राह्मण वा क्षेत्री जातिको एक थर।

४. भाष्यकार; टीकाकार।

५. विशिष्ट विद्वान्।

६. व्रतबन्धमा गायत्री मन्त्र सुनाउने गुरु।

७. संस्कृत परीक्षाको स्नातकोत्तर तहको एक उच्च उपाधि।

⟵ फेरि सूचीमा जानुहोस्