उठाउनु
[सक्रि.]
१. ठाडो पार्नु; ठड्याउनु; उभ्याउनु।
२. निद्राबाट जगाउनु; बिउँझाउनु।
३. बसेको ठाउँबाट हटाउनु; उठिबास लाउनु।
४. आसामीबाट साँवा, ब्याज आदि लिनु; मोहीबाट अधियाँ आदि लिनु; असुल गर्नु।
५. उचाल्नु; धाप दिनु; माथि पुर्याउनु।
६. उम्मेदवारका रूपमा खडा गर्नु।
७. कसैको उन्नतिका लागि धन आदिले मद्दत गर्नु।
८. कसैलाई काम गर्ने प्रेरणा दिनु; उत्साहित पार्नु।