गृह · शब्दकोश

उठाउनु

[सक्रि.]

१. ठाडो पार्नु; ठड्याउनु; उभ्याउनु।

२. निद्राबाट जगाउनु; बिउँझाउनु।

३. बसेको ठाउँबाट हटाउनु; उठिबास लाउनु।

४. आसामीबाट साँवा, ब्याज आदि लिनु; मोहीबाट अधियाँ आदि लिनु; असुल गर्नु।

५. उचाल्नु; धाप दिनु; माथि पुर्‍याउनु।

६. उम्मेदवारका रूपमा खडा गर्नु।

७. कसैको उन्नतिका लागि धन आदिले मद्दत गर्नु।

८. कसैलाई काम गर्ने प्रेरणा दिनु; उत्साहित पार्नु।

९. कामको जिम्मा लिनु; अभिभारा बोक्नु।

१०. कुनै कामको थालनी गर्नु; काम सुरु गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्