गृह · शब्दकोश

सान

[ना.]

साँध; सीमा।

[ना.]

१. ओठ, जिब्रो, टाउको, हात, आँखा आदि चलाएर अरूलाई मनको भाव प्रकट गर्ने काम; हाउभाउ; इसारा; सङ्केत।

२. जनाउ; सूचना।

[ना.]

१. गौरव, इज्जत वा प्रतिष्ठाको अवस्था; चकचकी।

२. तडकभडक; ढाँचा।

३. बडप्पन; मैमत्याइँ।

[ना.]

१. रत्नहरूमा रहने चमक वा पानी।

२. हतियार उध्याउने वा धार लगाउने काम।

[ना.]

मत्ताका पछि पछि लागेर हिँड्ने हात्तीको बथान।

⟵ फेरि सूचीमा जानुहोस्