गृह · शब्दकोश

ऋतु

[ना.]

१. कुनै बोटबिरुवा आदिको फल्ने फुल्ने खास समय।

२. प्रकृति वा समाजको आदिनियम।

३. प्राकृतिक अवस्थाअनुसार वर्षभरिको दुई दुई महिनाका दरले फेरिने वातावरणिक स्थिति वा त्यसअनुसार हुने समय विभाजन (ग्रीष्म, वर्षा, शरद्, हेमन्त, शिशिर र वसन्त)।

४. प्राचीन कालमा वैदिक कृत्य गर्नलाई उपयुक्त र शुभ मानिएको समय।

५. स्त्रीहरू गर्भधारण गर्न योग्य हुने रजोदर्शनको समय; रजस्वला भएको समय।

६. स्त्रीहरूको मासिक रजःस्रावका चार दिन; पर सर्ने वा नछुने हुने स्थिति।

⟵ फेरि सूचीमा जानुहोस्