गृह · शब्दकोश

शून्य

[वि.]

१. केही पनि नभएको स्थिति; अभाव; अवास्तविकता।

२. खाली ठाउँ; आकाश; अन्तरिक्ष।

३. गणितमा कुनै अङ्कको पछाडि हाल्दा त्यस अङ्कलाई दश गुना बढाउने र एक्लो प्रयोग हुँदा अभावको सूचक बन्ने गोलो चिह्न; विन्दु (०)।

४. ब्रह्म।

५. विज्ञानका अनुसार हावा पनि नभएको खाली ठाउँ।

६. हठयोगका अनुसार शरीरका आठ चक्रमध्ये सातौँ चक्र।

७. अस्तित्व नभएको।

८. गुदी वा सारवस्तु केही पनि नभएको; खाली; रित्तो; खोक्रो।

९. नभएको; रहित।

१०. भौतिक रूप वा आकार नभएको; निराकार।

११. मानिसको बस्ती, हलचल आदि नभएको; सुनसान; निर्जन; एकान्त।

⟵ फेरि सूचीमा जानुहोस्