शून्य
[वि.]
१. केही पनि नभएको स्थिति; अभाव; अवास्तविकता।
२. खाली ठाउँ; आकाश; अन्तरिक्ष।
३. गणितमा कुनै अङ्कको पछाडि हाल्दा त्यस अङ्कलाई दश गुना बढाउने र एक्लो प्रयोग हुँदा अभावको सूचक बन्ने गोलो चिह्न; विन्दु (०)।
४. ब्रह्म।
५. विज्ञानका अनुसार हावा पनि नभएको खाली ठाउँ।
६. हठयोगका अनुसार शरीरका आठ चक्रमध्ये सातौँ चक्र।
८. गुदी वा सारवस्तु केही पनि नभएको; खाली; रित्तो; खोक्रो।