गृह · शब्दकोश

ध्रुव

[वि.]

१. आकाश।

२. उत्तरी आकाशमा सधैँ अटल रहने प्रसिद्ध ठानिएको तारो।

३. ज्योतिषशास्त्रका अनुसार एक योग।

४. पर्वत।

५. पुराणप्रसिद्ध भगवान्‌का भक्त तथा राजा उत्तानपादका रानी सुनीतितर्फका जेठा छोरा।

६. भूगोलका अनुसार भूमध्य रेखादेखि उत्तर वा दक्षिणपट्टि रहेको सबभन्दा टाढाको विन्दु; देशान्तर रेखाहरू केन्द्रित भएर रहने पृथ्वीको उत्तर र दक्षिणको छेउ।

७. कुनै विषयमा कुनै किसिमको संशय नभएको; निश्चित; निस्सन्देह।

८. सधैँ एउटै अवस्था वा ठाउँमा रहिरहने; स्थिर; अचल; नित्य।

⟵ फेरि सूचीमा जानुहोस्