नवग्रह
[ना.]
पूर्वीय ज्योतिषशास्त्रअनुसार शुभाशुभ फलका दाता मानिएका नौ ग्रह (सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु); पश्चिमी ज्योतिषीहरूका अनुसार सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, अरुण (युरेनस) र वरुण (नेप्चुन)।