गृह · शब्दकोश

काट्नु

[क्रि.]

टोक्नु।

[सक्रि.]

१. अर्काको कुरा नटुङ्गिँदै बिचमा बोल्नु; अर्काले बोलेको कुरा खण्डन गर्नु।

२. अर्कातिर मोड्नु; तर्काउनु।

३. कुनै वस्तु वा प्राणीलाई धारिलो हतियारले हान्नु; प्रहार गर्नु।

४. घटाउनु; कट्टी गर्नु; छाँट्नु; काढ्नु।

५. टुक्रा पार्नु; छिनाउनु; चुँडाउनु।

६. नाघ्नु; छिचोल्नु; समय बिताउनु।

७. रेल, बस, सिनेमा आदिको टिकट दिनु वा लिनु; बिल, पुर्जी, चेक आदि दिनु वा लिनु।

८. लेखेको कुरा मेट्नु वा केर्नु।

९. हटाउनु।

⟵ फेरि सूचीमा जानुहोस्