टिकट

[ना.]

१. चलचित्र, प्रदर्शनी आदि वा विशेष स्थलमा प्रवेशका लागि तिरेको प्रवेशदस्तुरको प्रमाणपत्र

२. चुनाव लड्न राजनीतिक दलले उम्मेदवारलाई दिएको अनुमतिपत्र

३. दानदक्षिणा प्रदान गर्न बाँडिएको प्रामाणिक कागज; दानदक्षिणाको टिकट।

४. बस, रेल, जहाज आदिमा यात्रा गर्दा दिइएको भाडाको प्रमाण जनाइने कागजको टुक्रो

५. हुलाकद्वारा चिठी पठाउँदा टाँसिने, सरकारी स्तरबाट निष्कासित चिह्नयुक्त सानो कागज; हुलाक टिकट।