अनुपात
[ना.]
१. काष्ठादि वा रसादि औषधी तयार गर्दा प्रयोग गरिने विभिन्न वस्तुको परस्पर सापेक्ष मात्रा; अंश; भाग।
२. खास मापनका क्रममा हुन आउने मात्रा वा अंश।
३. प्रमाण र इच्छाका सापेक्ष मात्रागत सम्बन्ध अनुरूप प्रमाण फल र इच्छाफलको सम्बन्धमा निर्धारित हुने त्रैराशिक वा पञ्चराशिक क्रिया।
४. समान आयाम भएका कुनै दुई मान, मूल्य वा सङ्ख्या एक अर्कासँग गुणा वा भाग जान सक्ने र सिङ्गो सङ्ख्या वा भिन्नका रूपमा पनि प्रकट हुन सक्ने सापेक्ष मात्रात्मक सम्बन्ध।
५. सापेक्षता; दँजाइ वा दाँजो; तुलनात्मकता।