प्रमाण
[ना.]
१. कुनै वस्तुको यथार्थ ज्ञान गराउने साधन।
२. कुनै विषय वा कुरालाई सिद्ध गर्नका निम्ति प्रस्तुत गरिने वस्तु वा कथन (प्रमाण चार प्रकारका हुन्छन् - प्रत्यक्ष प्रमाण, अनुमानसिद्ध प्रमाण, शब्दसम्बन्धी प्रमाण तथा उपमान वा उदाहरणसम्बन्धी प्रमाण)।
५. प्रमाणद्वारा कुनै कुरो प्रत्यक्ष सिद्ध गर्दा हुने एक अर्थालङ्कार।
६. प्रमाणपत्र।