पुँजी
[ना.]
१. उद्योग, व्यापार आदि कुनै व्यवसायमा लगानी गरिएको, निरन्तर मुनाफा हुने मूलधन; व्यापार, उद्योग आदिको साउँ।
२. कुनै व्यक्ति वा संस्थाको जीवननिर्वाहको आवश्यकताबाट जोगिएको धन; जीवन धान्नका लागि खर्च गरेर उब्रिएको धन; सञ्चित धन; बचत धन।
३. धन।
४. रुपियाँपैसा; सुनचाँदी; नगद; सम्पत्ति।