गृह · शब्दकोश

मण्डल

[ना.]

मारवाडी समुदायको एक थर।

[ना.]

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने सुडी जातिको एक थर; नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने गनगाई जातिको एक थर; तराई र भित्री मधेसमा बसोबास गर्ने थारू जातिको एक थर।

[ना.]

१. ऋग्वेदका खण्डहरूमध्ये कुनै खण्ड।

२. नगर वा बस्तीको कुनै एक टोल; महल्ला।

३. बाटुलो परिधि; गोल फन्को; घेरा।

४. मण्डप; वृत्ताकार; परिधि।

५. राज्यभित्रको कुनै एक सानो भूभाग।

६. समान उद्देश्यका मानिसहरूको जमात; समिति।

७. सूर्य, चन्द्र वा त्यस्तै चहकिलो वस्तुका वरिपरि देखिने चम्किलो घेरो; बिम्ब; साँवा।

⟵ फेरि सूचीमा जानुहोस्