मण्डल

[ना.]

मारवाडी समुदायको एक थर।

[ना.]

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने सुडी जातिको एक थर; नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने गनगाई जातिको एक थर; तराईभित्री मधेसमा बसोबास गर्ने थारू जातिको एक थर।

[ना.]

१. ऋग्वेदका खण्डहरूमध्ये कुनै खण्ड

२. नगर वा बस्तीको कुनै एक टोल; महल्ला

३. बाटुलो परिधि; गोल फन्को; घेरा

४. मण्डप; वृत्ताकार; परिधि

५. राज्यभित्रको कुनै एक सानो भूभाग

६. समान उद्देश्यका मानिसहरूको जमात; समिति

७. सूर्य, चन्द्र वा त्यस्तै चहकिलो वस्तुका वरिपरि देखिने चम्किलो घेरो; बिम्ब; साँवा