गृह · शब्दकोश

पेटी

[ना.]

१. एक प्रकारको सानो सन्दुस; सानो पेटारो; पेटारी; पेटिका।

२. कमरमा बाँध्ने छाला आदिको फित्ता; कमरपेटी; कमरबन्दी।

३. घर आदिको भित्तामा तलमाथि अलग रङ लगाउँदा देखिने पाटा।

४. जगमा पानी पस्न नदिन र गाराका सुरक्षाका लागि समेत घरका वरिपरि बनाइएको आड; बलेनीभित्र उठाइएको डिल।

५. पातलो, चेप्टो, बाक्लो वस्तु; फित्ता।

६. मानिसहरू पैदल हिँड्न सडकका छेउमा केही अग्लो पारेर बनाइएको डिल; फुटपाथ।

७. मिलका चक्कालाई इन्जिनसँग जोडी घुमाउने काममा प्रयोग गरिने साधन; मिलको फित्ता।

[ना.]

मूल ठेकेदारबाट पुनः अर्को सानो ठेकेदारले पाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्