गृह · शब्दकोश

पाल

[ना.]

१. नछुने हुने समय।

२. पाल्ने काम।

[ना.]

नेपालका पहाडी मूलका छेत्रीको एक थर।

[ना.]

१. अस्थायी वास बस्नका निम्ति बनाइएको कपडाको वासस्थान।

२. पाल्की, बग्गी आदिमाथि लगाइने ढकनी।

३. फलफूल गुम्स्याएर पकाउने विधि।

४. हावाका वेगद्वारा नाउ वा जहाज चलाउन नाउ वा जहाजका मस्तुलमा झुन्ड्याइने फराकिलो कपडा।

[ना.]

१. गाईवस्तु चराउने र हेरचाह गर्ने गोठालो; पशुको समूह; बथान।

२. ठकुरीहरूको एक थर।

३. मध्यकालीन नेपालको एक राजवंश।

४. रक्षा गर्ने व्यक्ति; रक्षक।

५. राजा।

⟵ फेरि सूचीमा जानुहोस्