गृह · शब्दकोश

परिभाषा

[ना.]

१. आफूले प्रयोग गर्नका निम्ति शास्त्रकारहरूले रचेका विशिष्ट संज्ञा।

२. कुनै कुराको सामान्य गुण र विशेष गुण दुवैको उल्लेख गरेर दिइएको परिचय।

३. कुनै शब्द वा पदको अर्थ वा भाव स्पष्ट गर्न गरिने कथन; व्याख्या; लक्षण।

४. कुराकानी; वार्तालाप।

५. टीका; व्याख्या।

६. वस्तुको स्वरूप, गुण, विशेषता आदिको यथार्थ ज्ञान गराउने लक्षण।

७. शास्त्र वा विद्याका क्षेत्रमा विशिष्ट अर्थमा प्रयुक्त हुने शब्द; पारिभाषिक शब्द।

⟵ फेरि सूचीमा जानुहोस्