टिप्पणी
[ना.]
१. कठोर र गूढ अर्थको व्याख्या; टीका।
२. कुनै कार्यका बारेमा प्रकट गरिने संक्षिप्त विचार वा कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने र आफ्नो ठहरसहित माथिल्लो तहमा स्वीकृतिका लागि पेस गरिने सङ्क्षिप्त लेख।
३. कुनै कुराको ज्ञापन वा जनाउ।
४. कुनै व्यक्ति वा विषयका बारेमा प्रकट गरिने विचार; कुनै साहित्यिक कविता, लेख आदिमा गरिने सामान्य समीक्षा।
५. जल्दोबल्दो कुनै घटनाका बारेमा सम्पादकले प्रकट गरेको विचार।