गृह · शब्दकोश

टिप्पणी

[ना.]

१. कठोर र गूढ अर्थको व्याख्या; टीका।

२. कुनै कार्यका बारेमा प्रकट गरिने संक्षिप्त विचार वा कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने र आफ्नो ठहरसहित माथिल्लो तहमा स्वीकृतिका लागि पेस गरिने सङ्क्षिप्त लेख।

३. कुनै कुराको ज्ञापन वा जनाउ।

४. कुनै व्यक्ति वा विषयका बारेमा प्रकट गरिने विचार; कुनै साहित्यिक कविता, लेख आदिमा गरिने सामान्य समीक्षा।

५. जल्दोबल्दो कुनै घटनाका बारेमा सम्पादकले प्रकट गरेको विचार।

६. विशेष कुरा सम्झाउन टिपिने सानो लेख।

७. सानो चिना; जन्म पत्रिका; टिपन।

⟵ फेरि सूचीमा जानुहोस्