कोयो
[ना.]
१. आँप, कटहर आदि फलको भित्र रहेको बियाँ; फलफूलभित्रको दानो।
२. रेसमका किराले आफू बस्न लाएको गुँड।
[ना.]
१. घर लिप्न बनाइएको कपडाको ठुलो टुक्रा; पोतो।
२. भाँडावर्तन माझ्न प्रयोग गरिने प्लास्टिकको सानो जाली अथवा कपडा; झारपात आदिबाट बनाइएको माझ्ने साधन; मस्कौटो।