अण्ड

[ना.]

१. चरा आदिले पार्ने प्रजननशील डिम्बलाई बेर्ने जालो समेतको गोलो लाम्चो खोस्टो समेत भएको वस्तु; अन्डा; डिम्बा; फुल

२. जीवजन्तुको भाले जातको जननेन्द्रियका फेदमा झुन्डिएका छालाका थैलाभित्रका दुई बाटुला गेडा; आँडा; अण्डकोष

३. पोथी जीवबाट उत्पादित प्रजननशील कीटाणुहरू भएको डिम्ब; उक्त डिम्बमा रहेको प्रजननशील पदार्थ

४. ब्रह्माण्ड; विश्व

५. वीर्य; शुक्र