कोठी
[ना.]
१. चियाबगान, अलैँची बगान आदिका व्यवस्थापकहरू रहने घर।
२. ठुलठुलो लेनदेन वा व्यापारको कारोबार हुने घर; ठुलो पसल।
३. धनसार।
४. यौनकर्मीहरू बस्ने घर वा कोठा; वेश्यालय।
[ना.]
जिउमा निस्कने कालो वा रातो मसिनो दाग वा थोप्लो।
[ना.]
कर्णाली र सुदूरपश्चिम क्षेत्रमा गाईतिहारको अगिल्लो रात भुओ गीत गाउँदै र नाच्दै, जलाउँदै लगेर फालिने सल्लाका काठबाट तयार गरिएको वस्तु।
[ना.]
मुटु।