गृह · शब्दकोश

कोठी

[ना.]

१. चियाबगान, अलैँची बगान आदिका व्यवस्थापकहरू रहने घर।

२. ठुलठुलो लेनदेन वा व्यापारको कारोबार हुने घर; ठुलो पसल।

३. धनसार।

४. यौनकर्मीहरू बस्ने घर वा कोठा; वेश्यालय।

५. ‘कोठो’ को लघु रूप।

[ना.]

जिउमा निस्कने कालो वा रातो मसिनो दाग वा थोप्लो।

[ना.]

कर्णाली र सुदूरपश्चिम क्षेत्रमा गाईतिहारको अगिल्लो रात भुओ गीत गाउँदै र नाच्दै, जलाउँदै लगेर फालिने सल्लाका काठबाट तयार गरिएको वस्तु।

[ना.]

मुटु।

⟵ फेरि सूचीमा जानुहोस्