गृह · शब्दकोश

दाग

[ना.]

१. कसैको चरित्रमा लागेको कलङ्क; दोष; अभियोग; लाञ्छना।

२. कुनै वस्तुमा केही लागेर परेको चिह्न; टाटो; धब्बा।

३. पोलेको ठाउँमा बसेको घाउ आदिको खत।

४. सुन आदि जाँच्न कसीमा घोटेर लगाइएको रेखा।

[ना.]

१. चिनो।

२. जमिनको अंश; खण्ड।

[ना.]

१. डढाउने वा पोल्ने काम; दाह गर्ने काम; जलाउने काम।

२. मृतकलाई जलाउँदा विधिपूर्वक सर्वप्रथम मुखमा लगाइने आगो।

⟵ फेरि सूचीमा जानुहोस्