दाग
[ना.]
१. कसैको चरित्रमा लागेको कलङ्क; दोष; अभियोग; लाञ्छना।
२. कुनै वस्तुमा केही लागेर परेको चिह्न; टाटो; धब्बा।
३. पोलेको ठाउँमा बसेको घाउ आदिको खत।
४. सुन आदि जाँच्न कसीमा घोटेर लगाइएको रेखा।
[ना.]
१. चिनो।
[ना.]
१. डढाउने वा पोल्ने काम; दाह गर्ने काम; जलाउने काम।
२. मृतकलाई जलाउँदा विधिपूर्वक सर्वप्रथम मुखमा लगाइने आगो।