काली

[ना.]

१. अग्निका सात जिह्वामध्ये एक।

२. काला बादलको पङ्क्ति

३. कालिका देवी; दुर्गा; चण्डी

४. कालिमा

५. पार्वतीको एक नाम वा उपाधि

६. रात

७. सोह्र विद्यादेवीमध्ये एक।

८. हिमालयको मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालको पश्चिम भागमा बग्ने एक प्रसिद्ध नदी; शालिग्राम पाइने नदी; कृष्णागण्डकी; सप्तगण्डकीमध्ये एक।

[वि.]

१. जुत्तामा लाउने कालो पालिस वा रोगन

२. ‘कालो’ शब्दको स्त्री लिङ्गी रूप

३. कालो अनुहार वा वर्ण भएकी; कालो पोतेकी (स्त्री)।