होली
१. फागुका अवसरमा गाइने गीत वा त्यसको लय।
२. फाल्गुण शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ छ्यापेर वा अबिर दली आनन्दका साथ मनाइने उत्सव; फागु; होरी।
[ना.]
खेतबारीको आसपासमा पानी भएको लामो सोतो; घोल।
[ना.]
वर्षामा पानी बग्ने वा अलि अलि पानी जम्ने गहिरो परेको भूमि; कुनै समयमा नदी, खोलो वा भलले खोलेर गहिरो पारेको मधेसको मलिलो र पन्यालो जमिन; गहिरो खोली।