गृह · शब्दकोश

संयम

[ना.]

१. अनुचित काममा प्रवृत्त हुनबाट बचाउने काम।

२. उद्योग; प्रयत्न।

३. क्रोध, घमन्ड आदि आउन नदिने काम; शान्त भएको अवस्था।

४. दबाउने वा रोकेर राख्ने काम वा प्रक्रिया; वशमा राख्ने काम।

५. नैतिक वा धार्मिक दृष्टिले मनलाई विषयवासनासम्बन्धी अनुचित मार्गमा प्रवृत्त हुनबाट रोक्ने काम; इन्द्रियनिग्रह।

६. बन्धन।

७. योगक्रियामा ध्यान, धारणा र समाधिको साधन।

८. स्वास्थ्यको दृष्टिले हानि गर्ने वस्तुको सेवन गर्नबाट बचाउने काम; परहेज।

⟵ फेरि सूचीमा जानुहोस्