गृह · शब्दकोश

विधान

[ना.]

१. कामकाज; व्यवहार।

२. कामको चाँजोपाँचो; व्यवस्था; प्रबन्ध।

३. कुनै सङ्घ, संस्था आदिको सञ्चालनका लागि तयार पारिएको कार्यविधि वा नियमावली।

४. धर्मशास्त्रको आदेश; वेदवाक्य; ब्रह्मवाक्य।

५. पद्धति; विधि; प्रणाली।

६. प्रारम्भ गरिने कामको पूर्वयोजना; कामको आयोजन।

७. बनाउने काम; निर्माण; संरचना।

८. राज्यसत्ताको सञ्चालन गर्ने सर्वोच्च नियमसङ्ग्रह; शासनविधान; संविधान।

९. सरकारले समय समयमा देशको आवश्यकताअनुकूल बनाएका नियमहरूको सङ्ग्रह; कानुन।

⟵ फेरि सूचीमा जानुहोस्