विधान

[ना.]

१. कामकाज; व्यवहार

२. कामको चाँजोपाँचो; व्यवस्था; प्रबन्ध

३. कुनै सङ्घ, संस्था आदिको सञ्चालनका लागि तयार पारिएको कार्यविधि वा नियमावली

४. धर्मशास्त्रको आदेश; वेदवाक्य; ब्रह्मवाक्य।

५. पद्धति; विधि; प्रणाली

६. प्रारम्भ गरिने कामको पूर्वयोजना; कामको आयोजन

७. बनाउने काम; निर्माण; संरचना

८. राज्यसत्ताको सञ्चालन गर्ने सर्वोच्च नियमसङ्ग्रह; शासनविधान; संविधान

९. सरकारले समय समयमा देशको आवश्यकताअनुकूल बनाएका नियमहरूको सङ्ग्रह; कानुन