गृह · शब्दकोश

आदेश

[ना.]

१. उपदेश; अर्ती।

२. कुनै काम कारबाहीका बारेमा उच्च अधिकारीबाट दिइने निकासा वा निर्णयसम्बन्धी आज्ञा; अह्रोट।

३. गोरख मतानुयायी साधुहरूले नमस्कार गर्दा उच्चारण गर्ने शब्द।

४. संस्कृत व्याकरणकाअनुसार एक वर्णका स्थानमा अर्को वर्ण वा ध्वनि आउने क्रिया; वर्ण परिवर्तन।

५. सन्देश; खबर।

⟵ फेरि सूचीमा जानुहोस्