राय

[ना.]

भूमिहार र अहिरहरूलाई बोलाउँदा प्रयोग गरिने सम्मानजनक शब्द

[ना.]

मत; सल्लाह; फैसलाको रूप निर्धारण गर्ने प्रेरक तत्त्वले युक्त विचार; आफ्नो निर्णयका लागि अदालतले दिएको कारण; दृष्टि; विचार; दृष्टिकोण

[ना.]

हे. राजा

[ना.]

नेपालका पहाडीमूलका ठकुरीको एक थर; नेपालको तराई क्षेत्रमा बसोबास गर्ने यादव जातिको एक थर; नेपालको तराईभित्री मदेसमा बसोबास गर्ने थारू जातिको एक थर।