गृह · शब्दकोश

पुत्लो

[ना.]

१. कुनै मानिसमाथि मारण, मोहन, उच्चाटन आदि तान्त्रिक विधिको प्रयोग गर्न धामी, झाँक्री वा बोक्सी आदिले प्रयोगार्थ लिएको कसैको जिउको लुगा, रौँ आदि।

२. पुत्ला।

३. लुगाफाटाको टुक्रो; चिल्थो।

[ना.]

१. घोइरे पुतली; घोत्लेपुतली (तुल. अङ्. मोथ)।

२. सेतो, ज्यादै नरम प्वाँख हुने, भकारीमा राखेको धानमा लाग्ने, उड्ने सानो जातको किरो।

[ना.]

केराको बोटको टुसो वा गुभो।

[ना.]

१. आत्मा।

२. जीवतत्त्व; सत्त्व।

३. प्राण; प्राणतत्त्व।

⟵ फेरि सूचीमा जानुहोस्