भकारी
[वि.]
१. नदीको किनाराका घाटमा बनेको गोलाकार चौतारो।
२. बाँस, निगालो आदिका चोयाले मान्द्रो जस्तो पारेर बुनेको अन्न राख्ने ठुलो भाँडो; त्यसरी बुनेको चित्रो।
३. ठुलो जिउ हुने; भद्दा शरीर भएको (व्यक्ति)।
[ना.]
रोपाइँ गर्दा खलेगराका माझमा प्राय: छोरीचेलीले असारे गीत गाउँदै बिचमा फूलसहितको एउटा मुठो र त्यसका वरिपरि धानका मुठा र मसिना पाँजालाई चक्राकार रोपेर बनाइने, गोलो ठुलो नाङ्लाको आकारको बुट्टा।