गृह · शब्दकोश

पुतली

[ना.]

१. अनेक किसिमका र रङका हुने, शरीरको मूल भागभन्दा पखेटा ठुला हुने, उड्ने र फूलहरूमा बस्दै रसपान गर्दै गर्ने किराहरूको जाति।

२. आँखाका बिचमा हुने कालो भाग; नानी।

३. काठ, धातु, कपडा आदिबाट बनाइएको, मनुष्य आदिका आकारको खेलौना।

४. डाँठसहित धानका बालाको विभिन्न आकारमा बनाइएको झुप्पो।

५. धानमा लाग्ने सेतो जातको किरो।

६. पुतलीफूल।

⟵ फेरि सूचीमा जानुहोस्