पुतली
[ना.]
१. अनेक किसिमका र रङका हुने, शरीरको मूल भागभन्दा पखेटा ठुला हुने, उड्ने र फूलहरूमा बस्दै रसपान गर्दै गर्ने किराहरूको जाति।
२. आँखाका बिचमा हुने कालो भाग; नानी।
३. काठ, धातु, कपडा आदिबाट बनाइएको, मनुष्य आदिका आकारको खेलौना।
४. डाँठसहित धानका बालाको विभिन्न आकारमा बनाइएको झुप्पो।
५. धानमा लाग्ने सेतो जातको किरो।
६. पुतलीफूल।