गृह · शब्दकोश

पद्म

[ना.]

१. अठार पुराणमध्ये एक।

२. अष्ट नागमध्ये एक।

३. एक प्रकारको योगासन।

४. कमलका आकारको विष्णुको एक हतियार।

५. कमलको फूल।

६. कमलको बोट।

७. कुबेरका नौ खजानामध्ये एक खजानाको नाम।

८. गणितमा १, ००,००,००,००,००,००,००० को सङ्ख्या।

९. वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुलको दुई गुनाबराबरको नाप; कला एवं कोलकबराबरको नाप; मात्राको दुई गुनाबराबरको नाप; अक्षि एवं अश्विनीबराबरको नाप।

१०. सामुद्रिक शास्त्रअनुसार हत्केला वा पैतालामा हुने सौभाग्यसूचक चिह्न।

११. हात्तीको सुँड वा गालामा बनाइने चित्र।

⟵ फेरि सूचीमा जानुहोस्