पकाउनु

[सक्रि.]

१. अन्न आदिलाई पानीका साथमा भाँडामा राखेर आगाको आँचमा गलाउनु; खान लायक बनाउनु; परिपक्व पार्नु

२. आलाकाँचा व्यक्तिलाई शिक्षा, उपदेश आदिबाट प्रबुद्ध वा पाको गराउनु

३. आलु, तरुल आदिलाई आगाको कोइला वा भुतभुतेमा घुसारेर गलाउनु

४. खटिरा, फोका आदिलाई उपचारद्वारा पिप भरिने पार्नु

५. नोकरी वा कुनै किसिमको कामबाट पारिश्रमिक वा ज्याला आर्जन गर्नु

६. फलफूल आदिलाई खान योग्य तुल्याउनु; पाक्ने पार्नु