उतार्नु

[सक्रि.]

१. ऋण, सङ्कट आदिबाट उद्धार गर्नु

२. कुनै वस्तुलाई माथि तान्नु; खिच्नु

३. गडेको वा डुबेको धनमाल, प्राणी आदिलाई बाहिर झिक्नु; उकास्नु

४. मूल प्रतिबाट जस्ताको तस्तै सार्नु; नक्कल गर्नु; टिपोट गर्नु

[सक्रि.]

१. उचो स्वरलाई क्रमशः मन्द पार्नु, स्वरको अवरोह गर्नु

२. डोको वा सबारी साधनबाट सामान आदि ओराल्नु; सतहमा वा तल झार्नु