अणु

[ना.]

१. आँखीझ्यालभित्र पसेको प्रकाशमा उडेको देखिने ६ परमाणु जत्रो धुलाको सानो कण।

२. कुनै पनि तत्त्वको साह्रै सानो र परमाणुभन्दा ठुलो तथा विशेष यन्त्रको सहायताविना देख्न, टुक्र्याउन नसकिने रासायनिक संयोजनमा रहेको कुनै त्यस्तो खण्ड वा टुक्रा जो खण्ड परमाणुहरू मिलेर बनेको हुन्छ, जसको सङ्ख्याबनोटको भिन्नताले एउटा पदार्थभन्दा अर्को पदार्थ फरक देखिन्छ।

३. बमको केन्द्र भएर रहेको; सृजनात्मक वा ध्वंसात्मक शक्तिका रूपमा परिणत हुने सूक्ष्म कण।

४. स्वतन्त्र अवस्थामा रहन सक्ने र पदार्थमा रहेका गुणलाई सुरक्षित राख्न सक्ने पदार्थको अति सानो कण।