बाँध्नु
[सक्रि.]
१. आम्दानी भएको रकम आदि स्रेस्तामा दर्तादाखिला गर्नु।
२. कुनै वस्तुलाई धागो, डोरी आदिले बेरेर कस्नु; टन्काउनु; बेर्नु; घेर्नु।
३. नियम, प्रतिज्ञा आदि उपायद्वारा कसैलाई मर्यादामा चलाउनु; नियममा राख्नु।
४. निर्माण गर्नु; बनाउनु (बाँध, किल्ला आदि)
५. बन्धनमा राख्नु; बन्दी बनाउनु।