गृह · शब्दकोश

बाँध्नु

[सक्रि.]

१. आम्दानी भएको रकम आदि स्रेस्तामा दर्तादाखिला गर्नु।

२. कुनै वस्तुलाई धागो, डोरी आदिले बेरेर कस्नु; टन्काउनु; बेर्नु; घेर्नु।

३. नियम, प्रतिज्ञा आदि उपायद्वारा कसैलाई मर्यादामा चलाउनु; नियममा राख्नु।

४. निर्माण गर्नु; बनाउनु (बाँध, किल्ला आदि)

५. बन्धनमा राख्नु; बन्दी बनाउनु।

६. मन्त्रका बलले कुनै काम हुन नदिनु।

७. शस्त्रअस्त्र धारण गर्नु।

८. स्थितिको बन्दोबस्त गर्नु; बन्देजमा राख्नु।

⟵ फेरि सूचीमा जानुहोस्