गृह · शब्दकोश

बन्दी

[ना.]

स्त्री जातिले शिरमा लगाउने एक वा अनेक लहर हुने र निधारमा जडाउको झुप्पो हुने एक प्रकारको सुनको गहना; शिरबन्दी।

[ना.]

राजाहरूको स्तुतिगान गर्ने व्यक्ति; चारण; भाट।

[वि.]

१. झ्यालखानामा परेको व्यक्ति।

२. थुना परेको; थुनुवा; कैदी।

[पस.]

नामका पछि लागेर बन्द गरिएको, अवधिभरको आदि अर्थ बुझाउने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्