गृह · शब्दकोश

राख्नु

[सक्रि.]

१. कुनै वस्तुको प्रतिष्ठा गर्नु; स्थापना गर्नु; थाप्नु।

२. कुनै वस्तुलाई कुनै ठाउँमा थन्क्याउनु; एक ठाउँमा जतनसाथ रहने पार्नु।

३. जोगाउनु; साँच्नु; खर्च नगर्नु।

४. बसाउनु; बसाल्नु।

५. विवाहविधि नगरी कुनै स्त्री वा पुरुषलाई स्वास्नी वा लोग्ने बनाउनु; रखौटी तुल्याउनु।

⟵ फेरि सूचीमा जानुहोस्