परिपत्र
[ना.]
१. कुनै विषयमा संस्था वा दलले लिखित रूपमा प्रकट गरेको सम्मति वा विचार।
२. राष्ट्रहरूका सर्वोच्च स्तरमा भएका कामको बेहोरा सर्वसाधारणलाई अवगत गराउने पत्र।
३. विचार, सूचना, जानकारी आदिका निम्ति सम्बन्धित धेरै व्यक्ति, संस्था, अङ्ग वा विभागलाई एकै बेहोरामा पठाइने आधिकारिक पत्र (सर्कुलर)।
४. संस्था वा दलको उद्देश्य, विचार, कार्यप्रणाली आदिका मूल नियम लेखिएको पत्र।