गृह · शब्दकोश

टक्कर

[ना.]

१. गहुँको मैदा रयालेर बनाइएको, टीका, छाप आदिमा प्रयोग गरिने लेसिलो पदार्थ।

२. जडिएका रत्न वा मणिहरूको टलकझलक बढाउनका लागि तलतिर राखिने धातुको पातलो पत्र।

[ना.]

१. च्याम्पटी, ओखर, भुरुङ आदि घुमाउँदा नचली वा नहल्ली घुम्ने चाल।

२. प्रतिस्पर्धा; प्रतिद्वन्द्विता; दाँजो।

३. व्यक्ति वा वस्तु अर्कासँग रगडिने वा ठोकिने काम; ठक्कर; धक्का।

[ना.]

मुलायम, सेता र सुगन्धी फूल फुल्ने, दुध निस्कने एक प्रकारको बोट; त्यसैको फूल।

⟵ फेरि सूचीमा जानुहोस्