छाया
[ना.]
१. अँध्यारो; प्रकाशहीन स्थिति।
३. एक वस्तुको अर्का वस्तुमा पर्न गएको प्रभाव।
४. ऐना, पानी आदिमा देखापर्ने वस्तुको प्रतिबिम्ब; टक; टलक; टहक।
५. जस्ताको तस्तो गरिएको उल्था; दुरुस्त अनुवाद।
६. नक्कल गरिएको स्थिति; अनुकृति।
७. प्रकाश छेकिँदा देखापर्ने ओझेल।
८. मिल्दोजुल्दो अवस्था; सादृश्य।
९. सूर्यका किरणहरू छेकिएको ठाउँ; रुखपात आदिले सूर्यलाई छेक्दा पर्न गएको ओझेल।