गृह · शब्दकोश

छाया

[ना.]

१. अँध्यारो; प्रकाशहीन स्थिति।

२. आफूभन्दा ठुलाको आश्रय।

३. एक वस्तुको अर्का वस्तुमा पर्न गएको प्रभाव।

४. ऐना, पानी आदिमा देखापर्ने वस्तुको प्रतिबिम्ब; टक; टलक; टहक।

५. जस्ताको तस्तो गरिएको उल्था; दुरुस्त अनुवाद।

६. नक्कल गरिएको स्थिति; अनुकृति।

७. प्रकाश छेकिँदा देखापर्ने ओझेल।

८. मिल्दोजुल्दो अवस्था; सादृश्य।

९. सूर्यका किरणहरू छेकिएको ठाउँ; रुखपात आदिले सूर्यलाई छेक्दा पर्न गएको ओझेल।

१०. सूर्यकी ल्याइते पत्नीको नाम।

⟵ फेरि सूचीमा जानुहोस्