गृह · शब्दकोश

भार

[ना.]

१. कामको जिम्मेदारी; अभिभारा।

२. दाउरा, बिस्कुन आदि सुकाउन अगेनामाथि बनाएको टाँड; चाङ।

३. दुवैतिर डोरीको उझिन्डो लगाएर तेर्छो काठमा काँधमा बोक्ने, खर्पनजस्तो साधन।

४. बौद्ध साधनामा आइपर्ने बाधा।

५. मानिस वा गाडीले बोक्न, लैजान सक्नेजति परिमाण; वजन; बोझ; भारी (लोड)।

६. विवाह आदि मङ्गलकार्यको सगुनका निम्ति पेरुङ्गामा माछा, सागपात आदि हाली केराको पातसहित उखुमा बाँधेको भारी।

⟵ फेरि सूचीमा जानुहोस्