कोर्को

[ना.]

१. कुनु परेको वा सानो ठाउँ

२. केटाकेटी सुताउन पिँधतिर दह्रो काप्रो राखी बाँस, बेत आदिका चोयाले बुनेको खटिया आकारको बिट भएको भाँडो; कोक्रो

३. बाँसको चोयाले बुनेर बनाइएको कुराउनी राख्न प्रयोग गरिने पेरङ्गोजस्तो भाँडो (यसै भाँडामा कुराउनी राखी ससुरा लगायत मान्यजनलाई धोती र रोटीसमेत राखी ढोग्ने चलन छ)।

४. बालीनाली भएको ठाउँबाट वस्तुभाउ हिँडाउँदा र बालीको छेउछाउमा गोरु जोत्दा मुखमा लगाइदिने फुर्लुङ; महला

[वि.]

१. कोल्टो परेको।

२. हे. कर्के