अनुभूति

[ना.]

१. अंशतः मानसिक तथा शारीरिक तर पूर्णतः इन्द्रियगत चाहिँ नभएको आनन्द, पीडा आदि अनुभूत हुने अनुक्रिया वा संवेदना; मनोदशा; मनस्थिति; मनोभाव वा मनोराग

२. आन्तरिक प्रत्यक्षण; स्मृति या कल्पना शक्तिद्वारा प्राप्त मानसिक अनुभव

३. इन्द्रियहरू वा स्नायुहरूका माध्यमबाट प्राप्त उद्दीपनबाट प्रकट हुने मानसिक क्रिया, प्रतिक्रिया, अनुक्रियाका घटना वा व्यापार, मानसिक अनुभव, मनले अनुभव गर्ने प्रक्रिया