गृह · शब्दकोश
१. अणिमा आदि अष्टसिद्धिमध्ये पूरै वा केही सिद्धि प्राप्त गरेको योगी।
२. ऋषि; तपस्वी।
३. एक देवयोनि।
४. पहेँलो सर्स्युँ।
५. सत्ताइस योगमध्ये एक योग।
६. आध्यात्मिक सिद्धि प्राप्त गरेको।
७. उद्देश्य पूरा भएको।
८. तयार भएको; बनेको; पूर्ण।
९. तर्क वा प्रमाणद्वारा ठिक ठहर्याइएको; प्रमाणित।
१०. निश्चित; पक्का।
११. पाकेको; खान लायक।
१२. भनेजस्तै परिणाम निस्केको; सफल।
१३. सिपालु; दक्ष; निपुण।
⟵ फेरि सूचीमा जानुहोस्