आश्रम

[ना.]

१. चार वर्णाश्रम धर्ममध्ये आयुका दृष्टिले ग्रहण गरिने जीवन प्रक्रिया; त्यस्तो जीवनचर्या

२. तपस्या गर्ने ठाउँ; तपोवन

३. पहाडी वा तराई मूलका दशनामीको एक थर।

४. प्राचीन ऋषिमुनिहरूले बस्नका निम्ति प्रायः जङ्गलमा बनाएको आवास; कुटी; गुफा

५. ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र सन्न्यासमध्ये कुनै एकको आश्रयस्थल