गृह · शब्दकोश

वशिष्ठ

[ना.]

१. गोत्रप्रवर्तक एक ऋषि (विश्वामित्रले वशिष्ठ ऋषिसँग समता राख्न प्रशस्त प्रयत्न गरेकाले त्यससम्बन्धी थुप्रै उपाख्यान प्रचलित छन्)।

२. पुराणअनुसार ब्रह्माजीका मानसपुत्र।

३. ब्राह्मणोचित प्रतिष्ठा तथा आदर्शका प्रतिनिधि मुनि।

४. भरद्वाजका समसामयिक र दिवोदासका पुत्र; सुदासका पुरोहित।

५. मित्रावरुण नामका देवता र उर्वशी नामकी अप्सराका पुत्र।

६. व्याघ्रपदका बाबु, उपमन्यु ऋषिका बाजे र सिन्धुप्रदका बुढाबाजे।

७. सप्तर्षिहरूमा प्रमुख मानिएका, मन्त्रद्रष्टा वैदिक ऋषि।

८. सूर्यवंशी राजाहरूका कुलपुरोहित तथा रामचन्द्र र हरिश्चन्द्रका गुरु।

⟵ फेरि सूचीमा जानुहोस्