गृह · शब्दकोश

बाबु

[ना.]

जमिनदार वा धनीमानीलाई सर्वसाधारणले मान गरी भन्ने शब्द।

[ना.]

१. आफूलाई जन्माउने व्यक्ति; बुबा; पिता।

२. कानुनअनुसार धर्मपुत्र राख्न पाउने व्यक्ति।

[ना.]

१. आफूभन्दा उमेरले सानो पुरुषलाई भनिने शब्द।

२. देवरलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द।

३. साना छोरानातिलाई माया गरी बोलाउँदा प्रयोग गरिने शब्द; सानो छोरालाई मायाले भनिने शब्द; बाबुराजा।

[ना.]

१. ठुलाठालुलाई मान जनाउँदा प्रयोग गरिने शब्द।

२. बाबुसाहेब; बाबुजी।

[ना.]

१. बाबुसाहेब।

२. सरकारी अधिकारी।

⟵ फेरि सूचीमा जानुहोस्