बाबु
[ना.]
जमिनदार वा धनीमानीलाई सर्वसाधारणले मान गरी भन्ने शब्द।
[ना.]
१. आफूलाई जन्माउने व्यक्ति; बुबा; पिता।
२. कानुनअनुसार धर्मपुत्र राख्न पाउने व्यक्ति।
[ना.]
१. आफूभन्दा उमेरले सानो पुरुषलाई भनिने शब्द।
२. देवरलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द।
३. साना छोरानातिलाई माया गरी बोलाउँदा प्रयोग गरिने शब्द; सानो छोरालाई मायाले भनिने शब्द; बाबुराजा।
[ना.]
१. ठुलाठालुलाई मान जनाउँदा प्रयोग गरिने शब्द।
[ना.]
१. बाबुसाहेब।